२०८१ बैशाख १७ , सोमवार

पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक नियुक्तिको कागजात माग

Pashupati_Kshtra-Bikash-Kosh

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु सरकारसँग मागेको छ ।

पशुपति क्षेत्र विकास कोषवाट सम्पादित कामकारबाहीहरु तथा समसामयिक विषयहरुका सम्बन्धमा बिहीबार  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव, पशुपति क्षेव बिकास कोषका सदस्य सचिव र कोषाध्यक्षसँग छलफल गरेको थियो ।

 

छलफलमा सांसदहरुले कार्यकारी निर्देशक पुनको नियुक्ति सम्बन्धमा प्रश्न उठाएका थिए ।

त्यस आधारमा समितिले नियुक्ति सम्बन्धी कागजात तीन दिन भित्र समितिलाई उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो ।