२०८१ जेठ २ , बुधवार

बेइजिङमा आगलागी हुँदा चारको मृत्यु, पाँच घाइते

Capture

सुनाखरी न्युज / काठमाडौं ।
बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहिबार बिहान आगलागी हँुदा चार जनाको मृत्य हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

उनीहरूका अनुसार घाइतेहरूको उपचार भइरहेको छ ।बिद्युतीय साईकलबाट आगलागी सुरू भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

बिहान ३ः४३ मा आगो नियन्त्रणमा लिई ५४ जनालाई उद्धार गरेको चायोयाङ जिल्लाको दमकल विभागले जनाएको छ ।  रासस/सिन्ह्वा