२०८१ जेठ ४ , शुक्रवार

हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ओक सिरिजमाअर्को एक नया ब्राण्ड

Capture

सुनाखरी न्युज / काठमाडौं ।
नेपालीमदिरा उद्योग मध्येको एक अग्रणी कम्पनी हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजलाई विस्तारित रुपमा बजारमा परिचित गराउने क्रममा मार्केटमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयां व्राण्डको मदिरा लन्च गरेको छ । यस नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको कम्पनीको तिबद्धता झल्काउनेछ ।

हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याकओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरु यस अघि नै नेपाली बजारमा ल्याएको छ । प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचीको प्रतिनिधित्व गर्दछन्, जुन उपभोक्ताहरू माझ लोकप्रिय रहेका छन् ।यस नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभवप्रदान गर्ने विश्वास लिएको छ ।

हिमालयन डिस्टिलरीका सीईओ श्री निरज सुवेदीले नयाँ उत्पादनको बारेमा उत्साह व्यक्त गर्दै भने, “एचडीएलेउपभोक्ता केन्द्रितइनोवेशनमामजबुतीका साथकार्य गर्ने गरेको जसका कारण हामीले बजारको गतिशीलताबुझ्न र नयाँअन्तर्दृष्टि प्राप्त गर्नेतर्फ निरन्तर अनुसन्धानमा संलग्न छौं । सिल्भर ओकलेउपभोक्तालाईअलगै वर्गको छुट्टै स्वाद प्रदान गर्नुको साथै बजारमाहाम्रो उपस्थितिलाई उल्लेखीय रुपमा बद्धोतरी हुने तपÞर्m हामीआस्वस्त रहेका छौ । ”

“हामी उपभोक्ताहरूलाई नयाँ अनुभव दिन चाहन्छौं, त्यसैले हामीले ओक परिवारमा ध्यान केन्द्रित गरेका छौं र ब्राण्डविस्तार गरेका छौं । उच्चस्तरको शुद्धता प्राप्तीका लागि टुवेल–कोलम डिस्टिलेसनबाट उत्पादित ग्रेन ई.एन.ए ब्लेन्डबाट सिल्भर ओक उत्पादन गरीएको छ । सिल्भर ओकलाई स्मुथ फिनिशिङ्गका लागि क्राफ्ट गरिएको छ, उपभोक्ताले सेवनगर्दा यसलाई महसुस गर्न सक्नेछन्।”ब्राण्डम्यानेजरले बताउनु भयो ।हालसिल्भर ओक७५० एमएल, ३७५ एमएलर १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ ।