२०८१ बैशाख २१ , शुक्रवार

नबिलबैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

Capture

सुनाखरी न्युज / काठमाडौं ।
नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्टगोल्ड लोन’ योजना बजारमा ल्याएको छ । आफुलाई आवश्यक पर्दा बिनाकुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजनाल्याएको हो ।

यो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समयएक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ । त्यस्तै सुनको लागिनिःशुल्कबिमाको व्यवस्थापनिगरिएको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जानकारी दिएको छ ।

नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवादिने जनाएको छ । जसमा उपत्यकाभित्रकाग्राहकहरूकालागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ । उपत्यका बाहिरका ग्राहककालागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्तचोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

नबिलबैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित२२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवाप्रदान गर्दे आएको छ । नबिलबैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवाप्रदान गर्दै आइरहेको छ ।