२०८१ जेठ ६ , आइतवार

चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा व्यवसायी भट्टराई निर्वाचित

chamber

सुनाखरी न्युज / काठमाडौं ।

चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टराई निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्‍न वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट संथापक उपाध्यक्ष समेत रहेका भट्टराई अध्यक्षमा निर्रविरोध निर्वाचित भएका हुन्।भट्टराईको नेतृत्वमा उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सह९कोषाध्यक्षमा प्रकाष श्रेष्ठलाई चयन गरेको छ।

 

त्यस्तै, सदस्यहरुमा गगन लामा, शुकरानी लामा, शोभा गौतम, नवीन रिजाल, बलराम भण्डारी, दीपेश श्रेष्ठ, निलेन मान शाक्य, राम प्रसाद सुवेदी, प्रमिल न्यौपाने, विशाल भट्टराई, अच्युत थपलिया, शोभाखर अधिकारी, पुरुशोत्तम कँडेल चयन भएका छन्।कार्यक्रमा संस्थापक अध्यक्ष समेत रहेका दीर्घमान श्रेष्ठले संस्था स्थापनाकालदेखि हालसम्म नेपालमा चेम्बरले पुर्‍याएको योगदानबारे चर्चा गर्दै र वर्तमान अवस्थामा व्यवसायीलाई धैर्यतापूर्वक आफ्नो व्यवसायमा लग्न अनुरोध गरे।बुधबार नै नवनिर्वाचित अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा बैठक बसेको छ।

 

नवनिर्वाचित अध्यक्ष भट्टराईले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। वैदेशिक रोजगारीका नाममा विदेश पलायन हुने युवालाई नेपालमै उद्यम तथा रोजगारीको वातावरण बनाउन विभिन्‍न कार्यक्रमहरु सञ्‍चालन गर्ने समेत बताए।