२०८१ जेठ १ , मंगलबार

अपर तामाकोशीको १ करोड ७० लाख कित्ता शेयर बिक्रीमा , प्रतिकित्ता मूल्य कति ?

IPO

सुनाखरी न्युज / काठमाडौं ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री गर्ने भएको छ ।माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

 

उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गर्नुपर्नेछ । सो शेयर खरिद गर्न योग्य एवम् इच्छुक जोकोहीले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई पुस १३ गतेदेखि २९ गतेभित्र आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद पुस २९ गतेसम्म रहेको छ ।

 

आवेदन कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं वा सह निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं साथै, लक्ष्मी सनराईज बैंकका अन्य तोकिएका शाखा कार्यालयमा पेश गर्न सकिनेछ ।आवेदन कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं वा सह निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड कमलपोखरी गर्न सकिनेछ ।

 

कम्पनीले यसअघि गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।