२०८१ जेठ १ , मंगलबार

भारतीयसहित कालो सूचीमा परे १५ निर्माण कम्पनी

public_8LRgCJTVwZ

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले समयमा काम पुरा नगर्ने विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।सार्वजनिक खरिद अनुगमन कार्यालयले एमपी, एससीएफ, इसीसी जेभी सुर्खेतलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएका १५ निर्माण कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ ।कार्यालयले बुधवार यी कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

 

कार्यालयले आज एक सूचना जारी गर्दै मध्य पहाडी राजमार्ग (पुष्पलाल) खण्डमा कार्यरत र पोखरा नगरपालिका अन्तर्गत काम गरिरहेको अर्को कम्पनीलाई क्रमशः तीन र दुई वर्षका लागि कालो सूचीमा राखेको जनाएको छ।यी तीन कम्पनीलाई सडक विभाग अन्तर्गतको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय कुश्मा, पर्वतको सिफारिमा कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

 

त्यसैगरी पोखरा महानगरपालिकाको सिफारिसमा भावेश बोहरा मुख्य व्यक्ति रहेको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई दुई वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।त्यसैगरी पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय कास्कीको सिफारिसमा भूमि इन्फ्रास्ट्रक्चर प्रालि मोरङलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ। कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।