२०८१ जेठ २ , बुधवार

सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड बीच हकप्रदशेयर निष्काशन सम्बन्धी सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
आज एक समारोह बीचसिटिजन्स क्यापिटल लिमिटेडर युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड बीच कमलादी, काठमाण्डौमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामायुनाईटेड मोदी हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्षश्री नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडमार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर साधारणसभाबाट पारिद भए पश्चात निष्काशन हुनेछ ।

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको“तल्लो मोदी– १ जलविद्युतआयोजना” २०६९मंसिर देखि नै संचालनमा आईसकेको छ ।