२०८१ बैशाख २१ , शुक्रवार

आइएमई पे र एजुकेशन पार्क बीच विद्यार्थीलाई छुट दिने सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेू” र एजुकेशन पार्क बीच आइ।ई।एल।टि।एस (IELTS) र पि।टि।ई।(PTE) को तयारी कक्षामा ५०५ छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा रहेको एजुकेशन पार्कमा आइ।ई।एल।टि।एस (IELTS) र पि।टि।ई। (PTE) को तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् । यहि पौष ०६, २०८० बाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ ।

आइ।ई।एल।टि।एस ९ (IELTS) र पि।टि।ई। (PTE) कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् । योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् । विद्यार्थीहरु माझ अति नै लोकप्रिय दुबै कक्षा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।

आइएमईपेको  बारेमाः
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमईपे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो।नेपाल राष्ट्रबैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२बमोजिम ’आइएमईडिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइलवालेट सेवाप्रदान गर्ने पहिलो कम्पनी हो।आइएमईपे मोबाइलवालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फ विभिन्न किसिमको भुक्तानीकार्यहरू गर्न सक्नेछन्।

यसले व्यक्ति(व्यक्ति बीचमा हुने सामान्य र कम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच्स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यसमोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ।आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङसुविधाबा टवञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधाप्राप्त सम्पूर्ण सर्वसाधारणजनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।२०लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइलवालेटएप तथा एजेन्टहरू मार्फत आइएमईपेले विद्युतीय भुक्तानी सेवाप्रदान गर्न सफल छ।

सम्पर्कःआइएमईग्रुप,पानीपोखरी, काठमाडौँ,सम्पर्कः०१(४४३०६००, एक्सटेन्सन२५७