२०८१ बैशाख २२ , शनिवार

ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
पोखरा तमुहरूको महान पर्व मुप्री ल्होसार÷ल्होछार का अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुुरुङहरूको सहभागिता एवम् गुुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए ।कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउनुुभयो ।समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको प्रमुख आधार पर्यटन नै भएको उहााको भनाइ छ ।

गण्डकी प्रदेशमा प्रचुर पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारको पूर्व पर्यटन मन्त्री समेत रहनुुभएका गुरुङले यसका माध्यमबाट रोजगारी अभिबृद्धि गर्न सकिने बताउनुभयो । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्न सरकारको उदाशिनता देखिएको बताउँदै उहाँले चाँडो उडान सञ्चालन गर्ने गरी लाग्नुपर्नेमा जोड दिनुभयो ।गुरुङ समुदायका युवाहरू व्यवसासयिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिदै उहाँले सफलताका लागि निरन्तरता, धैर्यता आवश्यक हुने बताउनुभयो ।गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका सल्लाहकार बोबरजंग गुरुङले पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउँदै गण्डकीमा पर्यटनका माध्यमबाट आयआर्जन एवम् रोजगारी बृद्धिका धेरै सम्भावना रहेको बताउनुभयो ।

संघले गुरुङ समुदायका ऐतिहासिक गाउँहरू समेट्दै कास्कीको ताङतिङदेखि याङ्जाकोट, सिक्लेस हुँदै दुधपोखरीबाट मनाङको तिमाङ सम्मको पदमार्ग विकास गर्ने अवधारणा अघि सारेको उहाँले बताउनुभयो । गुरुङ सम्पदा पदमार्गका रुपमा यसको विकास गर्न सकेमा यसले पदयात्रा पर्यटनसँगै समग्र पर्यटनको विकासमा महत्वपूर्ण टेवा पु¥याउने उहाँले बताउनुभयो ।पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रको विकासमा गुरुङ पर्यटन व्यवसायीहरूको विशिष्ट योगदान हुँदै आएको बताउनुभयो ।

कोरोना प्रभावित पर्यटनलाई सहयोग पु¥याउन पृथ्वीसुव्वा गुरुङ नेतृत्वको तत्कालीन गण्डकी प्रदेश सरकारको समयमा ल्याइएको व्यवसाय जीवन रक्षा कोषको अबधारणा सह्रानीय भएको बताउँदै उहाँले सरकारको व्यवसायमैत्री नीति आवश्यक भएकोमा जोड दिनुभयो ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेलले गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धनमा बोर्डले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

क्होलासोँथर गाउँपालिका लम्जुङका अध्यक्ष सूर्य गुरुङले गुरुङसम्पदा पदमार्गको विकासका लागि पालिकाका तर्फबाट सक्दो बजेट विनियोजन गर्ने विश्वास व्यक्त गर्नुभयो ।गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङको अध्यक्षतामा एवम् महासचिव तुल गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा वक्ताहरूले् प्रकृति र संस्कृतिको उपयोगसँगै पर्यटनलाई उत्पादनसँग जोड्न सकिने धारणा राख्नुभयो ।