
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालक्लियरिङ्ग हाउस लिमिटेडको १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मिति ८ पुस, २०८० को औपचारिक कार्यक्रममा एनसीएचएल र नेप्सबीच गाभ्ने÷प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको छ । एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजकश्री महेश शर्मा ढकालज्यू र नेप्सका मर्जर समितिका संयोजकश्री संजीव कुमा रश्रेष्ठज्यू बीचउक्त समझदारी प त्रआदानप्रदान गरिएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीज्यू, डेपुटी गभर्नर श्रीमती डा.निलम ढुंगाना तिमसिनाज्यू, नेपाल राष्ट्र बैंकका उच्च पदाधीकारीज्यूहरु, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघका अध्यक्षज्यू र नेपालवित्तीय संस्था संघका फस्ट उपाध्यक्षज्यू लगायत बैंक वित्तीय संस्थाका प्रमुखज्यूहरु समेतको उपस्थिति रहेको थियो।
एनसीएचएल र नेप्स दुवै बैंक वित्तीय संस्थाहरुको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समय देखि आ–आफ्नो क्षेत्रमाकार्य गरी आएका संस्थाहरु हुन् ।विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको विद्युतीय भुक्तानीका क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायमगर्न र सो सम्बन्धी दूरगामी परियोजनाहरुको सफलकार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीचको परियोजना अत्यावश्यक रहेको छ ।
साथै, नेपाल राष्ट्र बैंकले लिएको गाभ्ने÷गाभिने वा प्राप्तिसँग सम्बन्धी नीतिकार्यान्वयनलाई सफलपार्न एनसीएचएल र नेप्स प्राप्ति प्रक्रियाको माध्यमबाट दुवैको कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफल मूलक हुने गरी अगाडि बढ्नु उपयुक्तविकल्पको रुपमापनि देखापरेको छ । सोहि अवधारणालाईमुर्तरुप दिनएनसीएचएल र नेप्सबीचप्राप्तिगर्ने सम्बन्धमाप्रारम्भिकलिखित समझदारी भएको छ ।
पुस ८,२०६५ मा स्थापितएनसीएचएललेNCHL-ECC, NCHL-IPS, RPS, connectIPS, CORPORATEPAYconnectRTGS, National Payments Interface (NPI)/ NEPALPAY QRच्जस्ता राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालनगर्दै आएको छ । हाल एनसीएचएलले एनपीएस अन्तर्गतको नेशनल कार्ड स्विचNEPALPAYब्थ्डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दा बढि बैंक वित्तीय संस्थाहरु र ९५ भन्दा बढि अन्य संस्था÷निकायहरुले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।
फागुन १८, २०६९ मा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाहरुको लागी केन्द्रिकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ । नेप्स अन्तर्गत ११बैंक तथा वित्तीय संस्थाहरुको १,६००भन्दा धेरै एटीएम, ९,००० बढि एइक्मार्फत सेवाप्रदान गर्ने, रइकमर्स कारोबारको लागिACS 3D Secure लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
थपजानकारीकालागिःwww.nchl.com.npवा www.neps.com.cnpमा जानुहोस् ।