२०८१ बैशाख १९ , बुधवार

हिमालयन रिको आइपीओ बाँडफाँड, कसले कति पाए शेयर ?

Screenshot 2023-12-27 110154

सुनाखरी न्युज/ काठमाडौं ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो ।

आइपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो। जसमध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । क्यापिटलका अनुसार ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा शेयर बाँडफाँड गरिएको छ ।