२०८१ बैशाख १८ , मंगलबार

हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बुधबार बाँडफाँट हुने

Businessman Presses Button Ipo Initial Public Offering Diagram O

सुनाखरी न्युज/ काठमाडौं ।

हिमालयन रिइन्स्योरेन्सको सर्वसाधारणका लागि जारी भएको  प्राथमिक सेयर (आईपीओ) आज बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलले एक कार्यक्रम आयोजना गरी बुधबार बिहान १० बजे आईपीओ बाँडफाँट गर्ने भएको हो । आवेदन स्वीकृत भएका सबैले हिमालयन रिइन्स्योरेन्सको आईपीओ पाउने छन् ।

कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जनाले आवेदन दिएका छन् । यीमध्ये केही आवेदन रद्द हुन सक्नेछन् । कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । यसमा ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका छन् । ६ अर्ब ६३ करोड रुपैयाँ आवेदकको बैंक खातामा रोक्का भएको छ ।

 

धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले सेयर दिएपछि बाँकी रहेको सेयरका लागि १० कित्ताभन्दा माथिको आवेदन दिनेलाई पुनः १० कित्ताकै दरले प्रदान हुनेछ ।

यदि सबै आवेदन रितपूर्वक भरिएको पाइएमा पनि हिमालयन रिमा १६ लाख ६० हजारलाई १० कित्ताका दरले सेयर दिँदा १ करोड ६६ लाख कित्ता बाँडफाँट हुन्छ । बाँकी रहेको सेयर पुनः २० कित्ता वा सोभन्दा बढीको आवेदन दिएकालाई १० कित्ताका दरले वितरण हुन्छ ।

 

मंसिर २७ देखि कम्पनीले आईपीओमा आवेदन खुलाएको थियो । १०६ रुपैयाँ प्रिमियम थप गर्दै कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।