२०८१ बैशाख २१ , शुक्रवार

सुनको भाउ तोलाको १ लाख २० हजार नाघ्यो

gold-1

 

सुनाखरी न्युज/ काठमाडौं।

सुनको मूल्य तोलामा एक लाख २० हजार रुपैयाँ नाघेको छ ।साताको तेस्रो दिन बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

 

सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन सोमबार मात्रै छापावाल सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस दिन तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।