२०८१ जेठ ३ , बिहिवार

प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप : सुनसरी र पाँचथर सेमिफाइनलमा

football 5

सुनाखरी न्युज / काठमाडौँ ।
ताप्लेजुङमा जारी प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्ड कपको आजदेखि सेमिफाइनल खेल हुने भएको छ । सुनसरीको सगरमाथा युथ क्लब र पाँचथर फुटबल क्लबसँग प्रतिस्प्रर्धा गर्ने भएको हो ।

शनिबार भएको अन्तिम क्वाटर फाइनल खेलमा बिटी फुटबल क्लब तेह्रथुमलाई ४—० को अन्तरले पराजित गर्दै सुनसरीको सगरमाथा युथ क्लब सेमिफाइनल प्रवेश गरेको हो । सुनसरीको जितमा पहिलो हाफको २४औँ मिनेटमा विशाल भण्डारीले गोल गर्दै सुरुवाती अग्रता दिलाउनु भएको थियो ।

पहिलो हाफमा एक गोल गरेको सुनसरीले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । दोस्रो हाफको खेल सुरुभएको चारौँ मिनेट र २३औँ मिनेटमा भुवन बस्नेतले गोल गर्नुभयो र वीरेन्द्र लिम्बूले ३१औँ मिनेटमा अन्तिम गोल गर्दै सुनसरीले फराकिलो जित दर्ता गरेको हो ।

फाइनल प्रवेशका लागि आइताबार पाँचथर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएको हो । शनिबारको खेलमा सुनसरीका भुवन बस्नेत म्यान अफ दि म्याच घोषित हँुदै रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो । खेल पुस ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टिमको सहभागिता थियो । प्रथम हुनेलाई ट्रफी, पदक, प्रमाण पत्रसहित रु तीन लाख दुई हजार ८० प्राप्त गर्दा उपविजेता हुनेले रु एक लाख ५१ हजार ८० प्राप्त गर्ने खेल सह संयोजक दिनेश लिङ्खिमले जानकारी दिनुभयो । प्रतियोगिता चासोक तङ्नामको अवसरमा सञ्चालन गरिएको हो ।  रासस