२०८१ बैशाख १७ , सोमवार

२१ सयभन्दा तल झर्‍यो सेयर बजार, कारोबार रकम भने बढ्यो

Share

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २१ अंक घटेर २०८८ मा कायम भएको हो ।

कारोबार रकम भने  ७ अर्ब ११ करोड  भयो । यो कारोबार रकम २६ पुस २०७९ यताकै उच्च हो । यसअघि बिहीबार ६ अर्ब २७ करोडको कारोबार भएको थियो ।

 

७९ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने ६ को स्थिर रह्यो । हाइड्रोपावर ०।०८, जीवन बीमा ०।५२, निर्जीवन बीमा ०।५६ र अन्य समूह ०।९७ प्रतिशत बढे ।

लगानी र व्यापार समूह सबैभन्दा धेरै घटे । बोटलर्स नेपाल बालाजु, कालिका पावर, सामलिङ पावर, बीपीडब्लू लघुवित्त, चिरख्वाखोला हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्याज्योति लाइफ, अपरसोलु हाइड्रो, भिजन लुम्बिनी ऊर्जा, नेपाल वेयरहाउजिङ कम्पनी, माइखोला हाइड्रोपावर, मैलुङखोला जलविद्युत् कम्पनी र सयपत्री हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

 

नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । त्यस्तै हाथवे इन्भेस्टमेन्टको ९।८, आँखुखोला जलविद्युतको ९.१ र हिमालयन डिस्टिलरीको मूल्य ६।८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सोनापुर सिमेन्ट, घोराही सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।