२०८१ जेठ ६ , आइतवार

घट्यो सुनको वैधानिक आयात

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको छ ।

साउनदेखि मंसिरसम्मको आयात तथ्याङ्कअनुसार यस वर्षको सुनको वैधानिक आयात गत वर्षको यसै अवधिको तुलनामा घटेको छ ।

 

गत वर्ष मंसिरसम्म नेपालले १० अर्ब ७५ करोडको एक हजार ४ सय ६६ किलो सुन आयात गरेको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सुनको आयात परिमाणमा २६५ किलो र आयात रकम करिब ७८ करोडले कम हो ।

 

विभागकाअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म नेपालले एक हजार २ सय एक किलो सुन आयात गरेको छ ।

कात्तिकसम्म नेपालमा एक हजार किलो सुन आयात भएको थियो ।

सुनको धेरै खपत हुने मंसिर महिनामा मात्रै सुन आयात परिमाण २ सय एक किलोले बढेको भन्सारले जनाएको छ । जसको लागत एक अर्ब ७६ करोड २९ लाख रुपैयाँ बराबर हुन्छ ।