२०८१ बैशाख २२ , शनिवार

सिटिजन्स बैंककापूर्व अध्यक्षश्री कुलचन्द्र गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

Capture

सुनाखरी न्युज / काठमाडौँ ।
नेपाल बैंकर्स संघको ३७औं बार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिकापूर्व अध्यक्षश्री कुलचन्द्र गौतम सम्मानितहुनु भएको छ । मिति२०८०।०९।०७गते शनिवार चितवनमा आयोजित संघको ३७औं बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंककागर्भनर श्री महाप्रसाद अधिकारीको समुपस्थितिमाश्री गौतमले सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्चकदर गर्दै उक्त सम्मानप्रदान गरको हो ।

श्री गौतम संयुक्त राष्ट्र संघको सहायकमहासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्तिप्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षापहलका सल्लाहाकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्षलगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आवद्द भई गरिबीनिवारण, शान्तिप्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूतशिक्षा कुटनैतिकतथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासकालागिविगत ५ दशकभन्दा बढी अनवरत रुपमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएको छ ।श्री गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा मिति२०६७।०१।१७ देखि मिति२०६८।०६।२८ सम्म रहनुभएको थियो ।

नेपाल बैंकर्स संघ जस्तो गरिमामय संस्थाबाट यस बैंककापूर्व अध्यक्ष सम्मानितहुनभएकोमा सिटिजन्स बैंकले गर्व महशुस गरेको छ साथै श्री गौतमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । यस अघि नै सोही संस्थाको ३५ औ वार्षिक साधारण सभाबाट सन् २०२१ मा यस बैंककापूर्व अध्यक्ष डा. शंकर शर्मा जो हाल नेपालको तर्फबाट भारतकालागि राजदूत हुनुहुन्छ समेत सम्मानित भई सक्नु भएको छ ।डा. शर्मा तथाश्री गौतम जस्ता सम्मानित व्यक्तित्वबाट नेतृत्व प्राप्त गरिसकेको सिटिजन्स बैंकले १६ वर्ष पुरा गरि १७औं वर्षमा सर्वसाधारणलाई सर्वसुलभ बैंकिङ्ग सेवापुर्याउँदै आइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख८६हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरुप्रदान गर्दै आएको छ ।