२०८३ कार्तिक ९ , आइतवार

एनआई सी एशिया लघुवित्त वित्तीय संस्था द्धारा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज / काठमाडौँ ।
सुनसरीमा रजिष्टर्ड कार्यालयभई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ गते शनिबारकन्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेनशाखामार्फत वित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पौष महिनामासो कार्यक्रम सम्पन्न गरेको हो ।

समुदाय स्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसायव्यवस्थापनआदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहजहुने विश्वास रहेको र महिला दिदि बहिनीहरुमा र विद्यार्थीभाई बहिनीहरुमा वित्तीय चेतनाअभिवृद्धि गराउने उद्देश्यले एनआई सी एशिया लघुवित्त वित्तीय सस्थाले सुदुर पश्चिमप्रदेश कलुवापुर उपप्रदेश अन्तर्गत श्री रौलेश्वमा.वि. चवन्निबजारका ६८ बढि विद्यार्थी तथाकन्चन, रामापुर, गोबरैया, बेलाशपुर, बान्डुसेन, कन्चनपुर अन्तर्गत का १८६ महिला दिदिबहिनीहरुमा वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएको हो ।

विशेष गरेर कार्यक्रमले वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र आउँदादिनहरुमा यो कार्यक्रमथपप्रभावकारी हुने अपेक्षागरिएको छ ।संस्थाले हाल २८९ ओटा शाखा मार्फत वित्तीय सेवा हरु दिँदै आएको छ ।