२०८१ जेठ ५ , शनिवार

सिटिजन्स बैंकद्वारा चितवनमा दृष्टिविहीन बालबालिकाकालागि ब्रेल शैक्षिक सामग्री सहयोग

Capture

सुनाखरी न्युज / काठमाडौँ ।
“हजुरको प्रगतिको सहयात्री“भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले डेढ दशक देखी सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री झुवानी माध्यामिक विद्यालय, रत्ननगर ०५, झुवानी चितवनमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ ।

विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाकालागि काम गर्दै आएको मैत्री समाज नेपालसंग को सहकार्यमा सहयोग प्रदान गरिएको हो ।विद्यालयमा आज आयोजित एक समारोहकाबीच बैंकको प्रमुखकार्यकारी अधिकृत गणेशराज पोखरेलज्यूले सहयोग स्वरुप रू एक लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

समारोह लाई सम्बोधन गर्दै प्रमुखकार्यकारी अधिकृत पोखरेलले दृष्टिविहीन तथा अन्यअपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चितहुने भएकालेब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउदाँधेरै ठूलो सहयोग नभएपनि सांकेतिक रुपमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको कुरा व्यक्त गर्नुभयो।

बैंकले संस्थागत सामाजिकउतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख८६हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।