२०८१ बैशाख १७ , सोमवार

गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा आगजनी

gadi

सुनाखरी न्युज /  काठमाडौँ ।

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा अज्ञान व्यक्तिहरूले आगजनी गरेका छन् ।महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणु महतो चढ्ने सरकारी गाडीमा आगजनी भएको छ।

 

गएराति गौशाला नगरपालिका–१ रामनगरस्थित उपमेयरकै निजी निवास अगाडी पार्किङ गरिएको प्रदेश २–०२–००१झ ०००५ नम्बरको स्कारपियोमा अज्ञात व्यक्तिद्वारा आगजनी भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

 

प्रहरीले घटनास्थलबाट पेट्रोलको गन्ध आएको बोतल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरिक्षक मनोज यादवका अनुसार आगजानीबाट गाडीको टायर लगायतका केही भागमा आंशिक क्षति भएको छ। ‘गाडीमा कसले र किन आगो लगाएको खुलेको छैन । पेट्रोल छर्किएर आगो लगाएको देखिएको छ।