२०८१ बैशाख २९ , शनिवार

महेश आचार्यज्यू कृषि विकास बैंक लि.संचालक समितिको सदस्यमा नियूक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा श्री महेश आचार्य मनोनयन हुनु भएको छ ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत रहनु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य श्री महेश आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष श्री राम शरण पुडासैनीले सपथ ग्रहण गराउनु भएको थियो ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. राजेन्द्र प्रसाद मिश्र,श्री गोविन्द भट्टराई , श्री संजिव पौडेल, श्री विनोद कुमार गुरांगाई, श्रीमति रिता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङ्ग , बैंकका कम्पनी सचिव श्री हिमलाल पौडेल समेत को उपस्थिती रहेको थियो ।