२०८१ बैशाख २९ , शनिवार

कुमारी बैंक र निक्षेप तथाकर्जा सुरक्षण कोष(DCGF)बीच IT कम्पनीहरूलाई प्रदान गर्ने कर्जा सुरक्षण गर्न सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
कुमारी बैंक लिमिटेडले IT क्षेत्रकालागि“KBL Smart Business Loan for IT Companies”अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथाकर्जा सुरक्षण कोष(DCGF) सँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

यस सम्झौताअनुसार, निक्षेप तथाकर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत IT क्षेत्रकाकम्पनीहरूका लागि तयार पारिएको “KBL Smart Business Loan for IT Companies”को पोर्टफोलियो सुरक्षण गर्नेछ। यो सम्झौताबाटIT कम्पनीहरूमा वित्तीय पहुँच प्रवद्र्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ ।

कुमारी बैंक लिमिटेडले सूचनाप्रविधि क्षेत्रको विशेष आवश्यकताहरुलाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ्ग सेवाप्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

कुमारी बैंक लिमिटेडलेNepal Association for Software and IT Services(NAS-IT)सँग साझेदारीमा काम गर्दै आएको छ जस अन्तर्गत बैंकले(NASIT) सदस्यकम्पनीहरूलाई भौतिक धितो रहित ऋण उपलब्ध गराउँदै आएको छ। साथै, बैंकले प्राविधिक विशेषज्ञता मार्फत IT कम्पनीहरूको व्यावसायिक क्षमतालाई प्रवद्र्धन गर्दै आएको USAID Trade and Competitiveness सँग विभिन्न तहमा सहकार्य गर्दै आएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०९ शाखा (प्रधानकार्यालयबाहेक), ४९ वटा विस्तारित काउन्टर, ३१४ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ्ग प्रक्रियालाई सरलीकरण, पहुँचअभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।