२०८१ बैशाख २९ , शनिवार

माछापुच्छ्रे बैंकलि.को प्रमुखकार्यकारी अधिकृतमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि पुनःनियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
माछापुच्छ्रे बैंक लि.को प्रमुखकार्यकारी अधिकृतमा श्री सन्तोष कोइरालाज्यू थपअर्को कार्यकालका लागि नियुक्त हुनुभएको छ ।मिति २०८०÷९÷५गते विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले श्री सन्तोष कोइरालाज्यूलाई थपचार वर्षकालागि प्रमुखकार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो ।

साढे २ दशक भन्दा लामो अनुभव बटुली सक्नु भएका प्रमुखकार्यकारी अधिकृत श्री सन्तोष कोइरालाज्यू आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिनु हुन्छ ।

पहिलो कार्याकालमा माछापुच्छे बैंक लि. वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ ।