२०८१ जेठ २ , बुधवार

अन्य पोशाक किन्न बाध्य पार्ने स्कुललाई महानगरले कारबाही गर्ने चेतावनी

ktm

सुनाखरी न्युज / काठमाडौं ।

काठमाडौं महानगरपालिकाले विद्यालयहरूले चाडपर्वका नाममा विद्यार्थीलाई विभिन्न पोशाक किन्न बाध्य पारेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । विद्यालयहरूले नियमित पोशाकभन्दा बाहेक अन्य चाडपर्वका नाममा विभिन्न पोशाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि महानगरपालिकाले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

 

महानगर शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयले अन्य पोशाक किन्न बाध्य पार्न नमिल्ने बताए।‘नियमित पोशाकमा एकरुपता ल्याउन विद्यालयले व्यवस्था गर्न सक्छ।तर त्यसबाहेक अन्य पोशाकका लागि विद्यार्थीलाई बाध्य पार्न मिल्दैन,’ उनले भने ।

 

महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नियमित विद्यालय पोशाक भन्दा फरक पोशाक किन्न बाध्य पारेको पाइए महागनरपालिकाको शिक्षा ऐन, २०७५ बमोजिम कारवाही गर्ने जनाएको छ।