२०८१ जेठ २ , बुधवार

प्रहरी हिरासतमा १ जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त

dansha

सुनाखरी न्युज / काठमाडौं ।

धनुषामा प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। प्रहरीले नियन्त्रणमा लिएका दीपा मण्डलको मृत्युपछि अवस्था तनावग्रस्त भएको हो। प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबिच झडप भएको थियो । सोही झडपका क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए ।

 

हंसपुरका कार्यपालिका सदस्य राजेश सक्सेनाले जानकारी दिए घटनाको विस्तृत विवरण आउन बाँकी छ ।स्थानीयहरु तोडफोडमा उत्रिएपछि प्रहरीले गोलीसमेत चलाएको छ । प्रहरीको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् । शंकरको हातमा गोली लागेको छ ।  अहिले जिल्ला प्रहरी कार्यालयबाट एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ ।