२०८१ जेठ २ , बुधवार

आजको मौसम पूर्वानुमानः देशभर आंशिक बदली रहने

weither

सुनाखरी न्युज/ काठमाडौं।
नेपालमा पश्चिमी वायुको को प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

शनिबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू९भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।