२०८१ जेठ ५ , शनिवार

सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदीको मूल्य

gold-1

सुनाखरी न्युज / काठमाडौं ।
नेपाली बजारमा आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ।

आज चाँदी प्रतितोला १४ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।