२०८१ बैशाख २१ , शुक्रवार

एनसेलवुमन आइकन आइसिटी अवार्ड २०२३: सूचनाप्रविधिमा महिलाको सम्मान

ncell

सुनाखरी न्युज / काठमाडौं ।
एनसेलले नेपालको सूचनातथा सञ्चार प्रविधि(आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने महिलालाई ‘एनसेल वुमनआइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मानगर्दैछ ।

यो वर्ष यस विधाको अवार्डका लागिकुल३४ जनामनोनयनमा परेका थिए। यी मनोनयनहरुबाट सूचनाप्रविधिको क्षेत्रमा पुर्याईएको योगदानका आधारमा तीन चरणको मुल्याङ्कन पश्चात अवार्डका लागि ७जना महिलाहरु छनोटमा परेका छन् ।यहिशुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने इनड्राइभ आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा‘एनसेल वुमनआइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरिनेछ ।प्रत्येकवर्ष, आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीले संयुक्त रुपमा आइसिटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आइसिटी अवार्ड प्रदानगर्दै आएको छ । ‘एनसेलवुमनआइकन आइसिटी अवार्ड २०२३’ प्रदान गर्नका लागि एनसेलले आइसिटी अवार्डसँग सहकार्य गर्दै आएको छ ।

महिलाहरूलाई सूचनाप्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमापुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीतिअनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ । यो पुरस्कारको राशीनगद३ लाख रहेको छ ।

हरेकवर्ष प्रदानगरिने आइसिटी अवार्डमाआफ्नो सहकार्यलाई निरन्तरता दिँदै, एनसेलले विगत ३ वर्षदेखि महिलाहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्दै यो एनसेल वुमनआइकन आइसिटी अवार्ड प्रदानगर्दै आएको छ । गतवर्ष यो अवार्ड शिला कंसाकार कार्कीलाई प्रदानगरिएको थियो । सन् २०२१ मागुण केशरी प्रधानले यो अवार्ड पाएकीथिइन् । त्यसैगरी, सन् २०२० मा प्राध्यापक तिमिलायमी थापाले यो अवार्ड पाएकी थिईन् ।

एनसेलको बारेमा
एनसेल नेपालको पहिलो निजीमोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवाप्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्नाग्राहक र साझेदारहरूलाई लाभप्रदान गर्न अनवरत रूपमाकामगर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवाप्रदान गरिरहेको छ । उच्चगतिको मोबाइलब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवाप्रदानगरिरहेको छ । यसले नयाँअवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गतआर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथाअन्यशुल्क गरी विभिन्नशीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिकजिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेलउत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँच भित्रल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ ।