२०८१ बैशाख १६ , आइतवार

जव उड्न लागेको बुद्ध एयरको विमानको ढोका यात्रुले खोले…..

buddha-air-airport-plane-domestic-airport

सुनाखरी न्युज/ पोखरा ।

बुद्ध एयरको  पोखराबाट काठमाडौंका लागि उड्न लागेको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

पोखराबाट बिहान ९ बजेर ४० मिनेटमा  काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

 

यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ ।

 

ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।