२०८१ बैशाख २२ , शनिवार

नेप्सेले पार गर्‍यो २१ सयको विन्दु, कारोबार रकम ६ अर्ब नजिक

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।
नेप्से परिसूचक मंगलबार (आज)  २१ सय विन्दु पार गरेको छ। यसअघि गत साउन १५ गते २१०६.१८ बिन्दु पुगेको थियो। त्यसयता नेप्से पहिलोपटक २१ सय विन्दुमाथि उक्लिएको हो।

यसदिन नेप्से ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा बन्द भएको छ। मंगलबारको बजारमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो कारोबार दिन छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रूपैयाँको सेयर कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार कारोबार रकममा ८८ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१३ वटा धितोपत्रको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५३ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन १० कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।