२०८१ बैशाख २२ , शनिवार

घार्मीमा परम्परागत भुमे पुजा सम्पन्न

Capture

सुनाखरी न्युज/ पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १९ मा वसोवास गर्ने वा्रम्हण समुदायले सामुहिक रुपमा परम्परागत भुमे पुजा सम्पन्न गरेका छन् ।

साविकको लामाचौर गा.वि.स वडा नं. ५, ६, ७, ८, र ९ मा रहेका करिव ५ सय घरधुरिका वा्रम्हण समुदायले घार्मीमा रहेको भुमेपुज्ने सामुदायिक वनमा पुगी त्यहाँ रहेको भुमी देवता स्थलमा विधीपुर्वक पुजा आराधना गरेका थिए । परापुर्वकाल देखिनै वर्षको दुई पटक वाली लगाउने र भित्रयाउने समयमा भुमे देवताको विधी पुर्वक पुजा गर्ने प्रचलन रहेको छ । सहभागी भक्तजनले भुमी देवताको पुजा गर्दै बर्खे वाली सप्रिएकोमा खुशी हुँर्दै आगामी दिनमा पनि कुनै विग्नवाधा नपरोष भन्दै अन्न तथा फलफुल चढाएको पुर्व वडाध्यक्ष एवं पुजा समितिका बलराम पौडेलले बताउनुभयो । उनीहरुले हिउँदे खेती लगाउँदा पनि कुनै वाधा नआओस भन्दै भगवानको प्रार्थना गरेका थिए ।

विहान चोखो नितो गरी आ आफ्ना थानमा रहेका अँगेर तथा भँगेरको पुजा गरिसकेपछि भक्तालुहरु भुमि पुजाको लागि जगंल क्षेत्रमा रहेको पुजा स्थलमा जाने गर्दछन् । जुठो सुत्केरो परेकालाई भने पुजामा सहभागी नगराईने प्रचलन रहेको छ । पुजामा महिला भने सहभागी हुँदैनन् । भुमे पुजा गर्न स्थानिय रुपमै पुजा समिति गठन गरिएको र त्यसले पुजा जुराउने देखि व्यवस्थापन गर्ने गरेको पौडेलले जानकारी दिनुभयो ।

उक्त दिन खनजोत गर्न नहुने तथा पुजा गरेपछि मात्र खेतीपाती लगाउने परम्परा त्यस क्षेत्रमा अझै पनि रहेको छ । पुजा स्थल व्यवस्थित नहुदा पुजा गर्न जानेलाई समस्या पर्ने गरेको छ । खानेपानी तथा भवनको अभावमा पुजामा सहभागी वृद्घ तथा वालवालिकाले ठुलो समस्या भोग्नु परेको हो । पुजा स्थल व्यवस्थित गर्न पटक पटक प्रयास भएपनि त्यसले सार्थकता पाउन भने सकेको छैन ।वडाले वजेट विनियोजन गरेपनि जग्गा मिलाउने विषयमा समस्या भएपछि भुमे मन्दिर र भवन निर्माण हुन नसकेको बताईएको छ ।