२०८१ जेठ ६ , आइतवार

प्रतितोला दुई सय रूपैयाँ बढ्यो सुनको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज बजारमा चाँदीको मूल्य भने घटेको छ।