
सुनाखरी न्युज/ काठमाडौं ।
गैरआवासीय नेपाली संघको पदाधिकारी तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक मिति १७ डिसेम्बर २०२३ ९१ पुस २०८०० मा सम्पन्न भयो ।
संघका अध्यक्ष डा। बद्री केसीको अध्यक्षतामा भर्चुअल (अनलाइन) माध्यममा भएको बैठकमा अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरु मनोनयन, सल्लाहकारहरु मनोनयन, अनुशासन र विधान समितिको गठन लगायतका अजेण्डामा छलफल भयो ।
संघका महासचिव गौरीराज जोशीले संचालन गर्नु भएको बैठकमा सहभागीहरुले दिनु भएको सुझाव र सल्लाह र संघको विधान २००३ ९संशोधित २०२२० को दफा १४ को उपदफा १ बमोजिम २१ जनालाई संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा मनोनित गरिएको छ ।
मनोनयन हुनेहरुमा पूर्णनाथ घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), बाबुराम भण्डारी (जापान), सरिता ढकाल (जापान), ज्योति शर्मा (इजरायल), डा। सञ्जु पौडेल (कोरिया), विनेश तामाङ (कतार), तारानाथ बोहरा एमडी (युएई), अर्जुन गुरुङ (बेल्जियम), चिरन शर्मा (यूके), डा। मुकुन्द बाँस्तोला (यूके), सरस्वती केसी (यूके), शान्ति अर्याल अधिकारी (पोर्तुगल), सम्राट थापा (क्यानाडा), रविन बज्राचार्य (अमेरिका), मनिता ढुंगाना (अमेरिका), ईश्वरी भट्ट (अमेरिका), भुवन आचार्य (अमेरिका), विनोद भट्ट (अमेरिका), डा अन्जु खरेल (अमेरिका) र हेमन्त काफ्ले (अष्ट्रेलिया) रहनुभएको छ ।
यस्तै बैठकले संघको विधानअनुसार सल्लाहकारहरुमा अतुल कोइराला (नेपाल), ओम गुरुङ (जापान), डा। देवी बस्नेत (कोरिया), प्रीतम श्रेष्ठ (हङकङ), रमेश पाण्डे (अष्ट्रेलिया), नारायण काफ्ले (अष्ट्रेलिया), दिनेश जोशी (अष्ट्रेलिया), सूर्य गुरुङ (यूके), भैरव ढकाल (अष्ट्रेलिया), गोविन्द गौतम (रुस), टेकराज निरौला (रुस), हीराधन राई (यूके), सूर्य गुरुङ (यूके), चिरञ्जीवी ढकाल (यूके), शिव बरुवाल (बेल्जियम), टीबी कार्की (कतार), कमलनणि गुरागाई (कतार), होमनाथ शर्मा (कतार), सञ्जय थापा (अमेरिका), डा। सञ्जीव सापकोटा (अमेरिका), यमुना भट्टराई (अमेरिका) र रमेश थापा (क्यानाडा) लाई मनोनय गरेको छ ।
बैठकले संघको अनुशासन समितिको संयोजकमा संघका पूर्वमहासचिव रतन झा (अमेरिका) लाई मनोनयन गर्ने निर्णय गरेको छ । सो समितिमा ओम गुरुङ, नारायण काफ्ले, होमनाथ शर्मा र विष्णुमाया परियार सदस्य रहनुभएको छ ।
यसै, संस्थाको विधान व्याख्या समितिको संयोजकमा भूषण घिमिरे, भवानी ओली र मुकुन्दप्रसाद पौडेल ९नेपाल० रहनुभएको एक समिति गठन भएको छ ।
बैठकले रिक्त रहेको ओसेनियाको क्षेत्रीय युवा उपसंयोजकमा दीपेन्द्र हमाल र युरोपको क्षेत्रीय युवा उपसंयोजकमा प्रकाश दोङलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको पूर्ण बैठक आगामी जनवरी महिनाको २० र २१ तारिख नेपालमा भौतिक उपस्थितिमा हुने समेत जानकारी गराइन्छ ।