२०८३ जेठ ७ , बिहिवार

जानकी मन्दिरमा २१ जोडी वरवधूको सामूहिक विवाह

biha

 

सुनाखरी न्युज/ काठमाडौं ।
जनकपुरधाम स्थित जानकी मन्दिरमा सोमवार राती २१ जोडीको सामूहिक विवाह गरिएको छ ।विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषा सहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २१ जोडीको विवाह गराइएको छ ।

 

अध्यक्ष साहका अनुसार प्रत्येक जोडीका लागि सुनको एक आनाको मंगलसुत्र, बेहुलीका लागि ९ सेट साडी, श्रृंगारपटार, बेहुलाका लागि पाइन्टसर्ट, धोतीकुर्ताको व्यवस्था गरिएको थियो । यसैगरी भान्छा कोठामा प्रयोग हुने एक सेट सामान, एक सेट ओछ्यान र बेहुला–बेहुली पक्षका २५र२५ जनाका लागि खाजारखानाको व्यवस्था समेत परिषदले गरिदिएको थियो । परिषद् अध्यक्ष सन्तोष साहका अनुसार जनकपुरधामको कलवार धर्मशालामा सवै जोडी सहित उनका परिवारजन जम्मा भएर खानपीन गर्दै वेहुलालाई रथमा बाजागाँजा सहित नगर परिक्रमा गराइएको छ । साथै सो समयमा बेहुली सबैलाई रितु ब्युटी पार्लरमा तयार गरि साँझ जानकी मन्दिरको प्राङ्गणमा जहाँ हिजो रामजानकीको विवाह भएको थियो सोहि विवाह मण्डपमा सामुहिक स्वयंवर गरिएको छ ।

 

।विवाह गर्नु अघि बेहुलाहरुलाई दिउँसो रथमा राखेर नगर परिक्रमा गराइएको थियो ।विवाहलाई कम खर्चिलो तथा ऐतिहाँसिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनौट गर्ने काम भएको परिषद् अध्यक्ष साहले बताए । विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रुपमा रहेको प्रचार प्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको अध्यक्ष साहले बताए ।

 

विवाह समारोहमा प्रतिनिधि सभा सदस्य जुलस् माहासेठ, जानकी मन्दिरका छोटा महन्थ राम रोशन दास बैष्णव लगायतले नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिए ।परिषदको आयोजनामा यसरी विवाह गर्ने प्रायः आर्थिक अवस्थाले कमजोर परिवारहरु हुन्छन् । २० वर्ष उमेर पूरा भएकाहरुबीच उनीहरुको अभिभावकको सहमतिमा विवाह गराइदिने गरिन्छ । ‘अभिभावक र बेहुला बेहुलीको सहमतिमा हामीले विहेको व्यवस्थापन गरेका छौं । परिषदका अध्यक्ष साहका अनुसार एक जोडीको बिहेको व्यवस्थापनमा ८०र८५ हजार रुपैयाँ खर्च भएको छ ।