२०८१ जेठ ५ , शनिवार

त्रिविको दीक्षान्त समारोहः काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त

TU

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (टीयू) को त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको  दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

दीक्षान्त समारोहका लागि विद्यार्थी तथा उनीहरुका अभिभावक रंगशालामा पुग्ने क्रम सुरु भएसँगै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो ।

 

त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तीनकुने तथा कोटेश्वरबाटै ठूला बसहरुलाई भित्र छिर्न दिएको छैन ।

जसले गर्दा यात्रुहरु मारमा परेका छन् ।