२०८१ बैशाख २३ , आइतवार

पोखराको प्याराग्लाइडिङ उडान बन्द, यस्तो छ कारण !

Paragliding Pkr

सुनाखरी न्युज/ पोखरा ।

पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ । आन्तरिक विवाद चुलिएपछि  नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरू दुई तिर फर्किएका छन् । एकाथरीले खुला बुकिङ सिस्टम ठिक मानेका छन् भने अर्को थरीले गलत भनेका छन् । यही विवादबिच केही पाइलटहरूले पनि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्याराग्लाइडिङ नउडाउने निर्णयमा पुगेका छन् ।

पाइलट क्लबका अध्यक्ष दीपक थापा अस्वस्थ प्रतिस्पर्धाबाट रोक्नका लागि आफूहरूले एकद्वार प्रणालीमा जानुपर्ने माग राखेको बताउँछन् । ‘सबैभन्दा मुख्य कुरा कम्पनीहरू दुईतिर हुनुहुन्छ । हामी बिचमा परेका छौँ,’ उनले भने, ‘हाम्रो पनि धारणा के छ भने, यसरी बुकिङ खुला गर्दा प्रतिस्पर्धा अस्वस्थ हुन्छ । असुरक्षा बढ्छ ।’

दुवै पक्षको विवाद चरम भएपछि प्राधिकरणले नै बन्द गरिदिएको हो । यसअघि पोखरामा अन्तर्राष्ट्रिय उडान हुने पक्का भएपछि तोरीपानीबाट हुँदै आएको प्याराग्लाइडिङ उडान मान्द्रेढुंगा सारिएको थियो । व्यवसाय धराशायी भएको गुनासोपछि तोरीपानीमै सारिएको छ । पोखरामा ६० भन्दा बढी कम्पनी छन् । १ सय ५० भन्दा पाइलट छन् । प्या

राग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थाले पाएको छ । त्यसकै आधारमा प्याराग्लाइडिङको उडान शुल्क सोही संस्थाले नै निर्धारण गर्छ ।