२०८१ बैशाख २१ , शुक्रवार

हिमालयन रिको आईपीओमा आज सोमबारसम्म आवेदन दिन पाइने

Businessman Presses Button Ipo Initial Public Offering Diagram O

सुनाखरी न्युज/ काठमाडौं ।

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा मागभन्दा धेरै आवेदन परेको छ । बुधबारदेखि खुलेको आईपीओमा चौथो दिनमा पूर्ण रुपमा आवेदन परेको हो ।कम्पनीका अनुसार कुल १४ लाख ६० हजार ११७ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका छन् ।

 

कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन माग गरेकोमा आइतबार साँझ ५ बजेसम्म २ करोड ८० लाख कित्ताका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।

कुल ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ विभिन्न व्यक्तिका बैंक खातामा रकम रोक्का भएको छ । कम्पनीले धेरै सेयर संख्या जारी गरेकाले अधिकांश सर्वसाधारणले माग गरेजति नै सेयर पाउने संभावना देखिएको छ ।

 

बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको आईपीओमा पूर्ण रुपमा आवेदन परेकाले सोमबारदेखि आवेदन लिने कार्य बन्द हुनेछ । सोमबार साँझ ५ बजेसम्म सर्वसाधारणले आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ । सोमबार सार्वजनिक सूचनामार्फत क्यापिटलले आवेदन दिने समयावधिबारे जानकारी गराउने भएको छ ।