२०८१ बैशाख १५ , शनिवार

आयल निगमको कार्यकारी निर्देशक थानीको राजीनामा स्वीकृत, निमित्त कार्यकारीमा साह

nagendra-saha_noc

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले दिएको राजीनामा स्वीकृत गरेर साहलाई निमित्तको जिम्मेवारी तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयले जनाएको छ ।

 

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले निगमका कार्यकारीबाट उमेश थानीले दिएको राजीनामा स्वीकृत भएको बताए । निगमका कार्यकारी निर्देशकमा १५ महिना कार्यकाल बाँकी हुँदै २६ मंसिरमा थानीले पदबाट राजीनामा दिएका थिए ।

 

 

ठाकुरकाअनुसार मन्त्रालयले आजै निगमका निमित्त कार्यकारीको जिम्मेवारी पनि नागेन्द्र साहलाई तोकेको छ ।

मन्त्रालयकाअनुसार वरिष्ठताका आधारमा साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । साह निगमको आर्थिक तथा मानव स्रोत साधन विभाग प्रमुख हुन् ।