सुनाखरी न्युज/ काठमाडौं ।
विश्वदर्शन अभियान नेपालद्वारा ‘प्रथमविश्वदर्शन योग प्रतियोगिता’ सम्पन्नभएको छ ।उक्त कार्यक्रममा राजधानीको विभिन्न१३ स्कुलका १५० भन्दा बढि विद्यार्थीहरु सहभागीता रहेको थियो ।चाँगुनारायण–४, भक्तपुरको नेपाल इन्जिनियरिङ्ग कलेजमा आयोजित ‘प्रथमविश्वदर्शन योग प्रतियोगितामा करिब ८ हजार विद्यार्थीबाट छनोटमा परेका १५० भन्दा बढी विद्यार्थीबीचलाई कक्षा समूहअनुसार विभिन्न गु्रपमा विभाजन गरी विभिन्न योगासन गराई प्रतिस्पर्धा गरिएको थियो ।
क्षासंग जोड्दै हाम्राभावी पुस्तालाई विद्यालय स्तरबाटहाम्रो दर्शन, सभ्यता, संस्कार तथा सन्तुलित भोगबारे ज्ञान प्रदान गर्ने उद्देश्यले सन्त्ुलित भोग नै योगको पुर्वाधार हो भन्ने मूलनाराका साथ उक्तकार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराई ‘सोऽहम्’ले जानकारी दिनु भयो ।नेपालमै पहिलो पटक विद्यालय स्तरमा यो योग प्रतियोगिता संचालन गरेका छौ, आगामीदिनहरुमा अझै बढि भन्दा वढि विद्यालयका विद्यार्थीहरुलाई सहभागिता गराई योग प्रतियोगितालाई निरन्तरता दिईने र विद्यालय स्तरबाटै योगलाई अनिवार्य सिकाईको विषय गराउन सके अझ राम्रो हुने संस्थाका सदस्य विनोद ढकालले जानकारी दिनु भयो ।
उक्त प्रतियोगितामा कक्षा ४ सम्मका छात्राहरुको समूहबाट हाइली क्रियटीभ स्कुलकी निख्क्षिका पौडेल प्रथम, छात्र समूहबाट श्रीयन्त्र स्कुलका रजत मगर प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए भने कक्षा ५ र ६ का छात्रा समूहबाट अर्किड स्कुलकी प्रेमिका राई प्रथम, छात्र समूहबाट गोठाटार स्कुलका समीप राईले प्रथम भएका थिय यसैगरी कक्षा७ र ८ का छात्रा समूहबाट हाइली क्रियटीभ स्कुलकी जस्मीन कार्की प्रथम छात्रतर्फ अर्किड स्कुलका शिशिर जिरेल प्रथम स्थान हाँसिल गर्नुभएको थियो । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विजयी सहभागिहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथनगद पुरस्कार र सान्त्वनालाई ट्रफी प्रदान गरिएको थियो ।
योग प्रतियोगितामा राजधानीका अर्किड स्कुल, अक्षरा स्कुल, अक्षरिका स्कुल, हाइली क्रियटीभ स्कुल, गोठाटार स्कुल,विद्याआर्जन स्कुल, प्रारम्भ एकेडेमी, किड्स लिबर्टी स्कुल, शिक्षालय नेपाल, श्रीयन्त्र स्कुल, द भेलोसिटी स्कुल, गोकर्णेश्वर नगरपालिकाजोरपाटी नयाँबस्तीका टाइम लाइन स्कुल र विपुल शिक्षानिकेतन लगायतका १३ स्कुलका विद्यार्थीहरूको सहभागितामा सो प्रतियोगिता सम्पन्नभएको हो ।
प्रतियोगिताका प्रमुख अतिथिका गेश्वरी मनोहरा नगरपालिका, काठमाडौंका प्रमुख उपेन्द्र कार्कीले विद्यार्थीहरूलाई योग शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले गरिएको कार्यक्रमको प्रशंसा गर्दै आयोजक संस्था र विद्यालयहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । निर्णायकको भूमिका त्रिभुवन विश्वविद्यालय योग विभागका अध्यापक द्वय डा.टी.पी. धमला कृष्णशरण (नाथ योगमा नेपालका पहिलो विद्यावारिधि) र डा.आनन्द गै¥हेले कुशलपूर्वक निर्वाह गर्नुभयो ।
विश्वदर्शन अभियान नेपाल यौगिक तथा आध्यात्मिक संस्था हो जसले विगत १ दशक देखी निरन्तर योग, आध्यत्म तथा पूर्वीय दर्शन सम्बन्धी विभिन्न कार्यंक्रम गर्दै आईरहेको छ ।