२०८१ बैशाख २४ , सोमवार

कांग्रेस महासमिति बैठक सरेको सरेई, कहिले हुने भयो अव ?

Sher-Bahadur-Deuba

सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेसको महासमिति बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पुसमा हुने भनिएको  महासमिति बैठक  फागुन ७ देखि १० गतेसम्म बैठक गर्ने निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए ।

यसअघि पौष १६-१९ मा गर्ने निर्णय भएको थियो ।