२०८२ चैत्र १ , आइतवार

संघीय सरकारलाई काठमाडौं महानगरवाट उत्प्रेरणा मिलेकोः प्रधानमन्त्री दाहाल

Prachanda-2-1024×683

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  काठमाडौं महानगरपालिकाको स्थापना दिवसको अवसरमा महानगरको कामको प्रशंसा गरेका छन् ।

२९ औं स्थापना दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्रीले महानगरको कामले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त भइरहेको बताएका हुन् ।

 

पछिल्लो समय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरूलाई गम्भीरतापूर्वक हेरेको भन्दै प्रचण्डले शहरी सौन्दर्य, शिक्षा, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन, सांस्कृतिक सम्पदाहरुको संरक्षण, सुर्ति, चुरोट लगायतका वस्तुमा गरेको नियमन लगायतका क्षेत्रमा गरेको कामको प्रशंसा गरे ।

हिजोबाट प्रतिबन्ध गरेको सुर्तीजन्य पदार्थ समेत समावेश गर्दै उनले भने, ‘सांस्कृतिक सम्पदाहरू संरक्षण, लागुऔषध, सुर्ती–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी लगायतका क्षेत्रमा महानगरले गरेको पहलमा संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ ।’

 

देशका अन्य स्थानीय तहका लागि समेत काठमाडौंले नमुना प्रस्तुत गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । ‘महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेछ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्ने प्रतिबद्धतासमेत जनाए । सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने उनको भनाइ छ ।