२०८१ जेठ ५ , शनिवार

यो साता पनि बढ्यो सुनको मुल्य, फेडको ब्याजदर कटौती गर्ने संकेत र द्धन्द मुख्य कारण

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

यो साता पनि विश्व बजारमा सुनको मुल्य बढेको छ । अमेरिकी रिजर्भ बै्रंक फेडले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै बढेको सुुनको मुल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको बिश्लेषकहरुले बताएका छन् । उनीहरुले नयाँ बर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन समेत गरेका छन् ।

–नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढ्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ७ सय ४० रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन सोमबार पनि बढेर त्यसपछिमा दुई दिन केही घटेको थियो । बिहिबार वाट पुनः बढेको मुल्य शुक्रबार १ लाख २ हजार १ सय १० कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ हजार ३ सय ७० रुपैयाँले बढी होे ।

यो साता नेपाली बजारमा चाँदीको मुल्इ पनि बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सय २२ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय ६० रुपैयाँ कायम भयो ।