२०८१ बैशाख २४ , सोमवार

नेपाली  कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।  दिउँसो सवा १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्प बैठकका मुख्य एजेण्डा छन् ।

 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।