२०८१ बैशाख १७ , सोमवार

नेपाल टेलिकमको नयाँप्रिपेड सिमकार्ड चलाउँदा उपलब्ध हुने विभिन्ननिःशुल्कसुविधा थप

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल टेलिकमको नयाँप्रिपेड सिमकार्ड लिएर चलाउँदा(First Call Activation)उपलब्ध हुने विभिन्न निःशुल्कसुविधा(Free Resource)थप हुने भएको छ ।त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ ।

नयाँसिममा थप सुविधा
रु. ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कलगर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कलगर्न र १०० वटा एसएमएस पठाउन सकिने छ ।

यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ । पहिले जस्तै यसमा रु. १० ब्यालेन्स समेत उपलब्ध हुनेछ ।

कक्षा ८ देखिमाथिका विद्यार्थीलाई सिम
कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचयपत्रको आधारमा रु. ९० माप्रिपेड सिमकार्ड उपलब्धहुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ ।

नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कलगर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि रु. १० ब्यालेन्सहुनेछ ।

डाटा बोनस
विभिन्न दरकाएमपोस (MPoS)तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइनेभएको छ । अब रु. १०० को रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ ।

यस अनुसार एमपोस मार्फत रु. १०० देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र रु. ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनकालागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनकालागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनकालागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनकालागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

यी सबै नयाँ सुविधाआगामी पुस १ देखिप्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले विभिन्न चाडपर्व र अन्यअवसरमा समेत सेवाग्राहीका लागिविभिन्न सुविधाउपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता को रुपमाउपलब्धहुने नयाँ सुविधाबाट सेवाग्राहीले थप लाभ लिन सक्ने कम्पनीको अपेक्षा छ ।