२०८३ श्रावण २९ , शुक्रवार

माछा मार्ने क्रममा डुबेर मृत्यु

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
गणेशमान चारनाथ नगरपालिका-६ बस्ने ४० वर्षीय लक्ष्मण सदाको कमला खोलामा डुबेर बुधबार मृत्यु भएको छ ।

माछा मार्न गएका उनको सोही खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।