२०८१ बैशाख २० , बिहिवार

एकैदिनमा प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढ्यो सुनको भाउ,

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
साताको पहिलो कारोबार दिनदेखि लगातार घटेको सुनको भाउ आज बिहीबार बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैपटक दुई हजार आठ सय रूपैयाँ बढेको हो।

कारोबार मूल्य प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।