२०८१ बैशाख २६ , बुधवार

गगनले गरे संसदीय दलको नेता बन्न शेखरलाई प्रस्ताव

Shekhar Gajan

सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेस महामन्त्री गगन थापाले पार्टी रूपान्तरणका लागि शेखर कोइराला संसदीय दलको नेता बन्नुपर्ने प्रस्ताव गरेका छन् । एक वर्षयता सम्बन्धका विभिन्न आरोह–अवरोहबीच गुज्रिएका थापाले जुनसुकै त्याग गर्न तयार भएको भन्दै २०८२ मा १५ औं महाधिवेशन नियमित समयमा गर्न भन्दै यस्तो प्रस्ताव राखेपछि कोइरालासँग झाँगिएको अविश्वास तत्कालका लागि टरेको छ ।

नेता अर्जुननरसिंह केसीको निवासमा सोमबार करिब दुई घण्टाको संवादमा दुवै नेताले आ–आफ्ना कमजोरी समीक्षा गर्दै सँगै अघि बढ्ने अठोट गरेका थिए । त्यसलगत्तै कोइरालाले मंगलबार बोलाएको बैठक थापाको सुविधाका लागि बुधबार सारेका थिए । पार्टी रूपान्तरण र २०८२ मा नियमित महाधिवेशन गराउन थापाले संसदीय दलको नेता परिवर्तनको मुद्दालाई निरन्तर अघि बढाउँदै आएका छन् ।