२०८१ जेठ ४ , शुक्रवार

टाटा मोटर्स स्वावलम्बी अभियान २.०

Swabhalambhi Abhiyan 2.0

सुनाखरी न्युज/ काठमाडौं ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै “टाटा मोटर्स स्वावलम्बी अभियान २.०” ल्याएको छ । यस अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखको डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् र देशमै रही आफ्नो साथी-भाई र परिवारको साथ रोजगारीरव्यवसायको अवसर सिर्जना गर्न सक्नेछन् र स्वाभिनी भइ जीवन निर्वाह गर्न सक्नेछन् ।

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भिह्कल विजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमनि ढकालकाले अहिलेको यो कठिन आर्थिक अवस्थामा देशमै रही केहि गर्न चाहने युवाहरुका लागि यो अभियान राम्रो अवसर हुन सकने विश्वास लिएका छन् । यो योजना सार्वजनिक भएको केहि दिन मात्र हुँदा पनि सोधपुछ गर्ने ग्राहक को संख्या उल्लेख्य हुनुले यसको पुष्टि गरेको उहाँ बताउनुहुन्छ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले यस्तो योजना पहिलो पटक भने ल्याएको होइन । यस अघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका कैयौं नेपालीलाई घर फर्काइँदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान संचालन गरेको थियो। बजारको माग र देशबाट युवा तीव्र रुपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भिह्कल विजनेस यूनिटका सहायक जी। एम। दिवस बाबु सुवेदी बताउहुन्छ।

कुन गाडीमा कति वर्षको किस्ता बन्छ, फाइनान्समा कति प्रतिशत ब्याज लाग्छ जस्ता विस्तृत जानकारीका लागि सिप्रदी ट्रेडिङ्गको नजिकको शोरुममा सम्पर्क गर्न सक्नुहुन्छ वा ९८०११०७६०० मा मिसकल गर्न सक्नुहुन्छ।