२०८१ बैशाख १५ , शनिवार

सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइँदै छ । फूलबारी लीलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाइन्छ । आज साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई घुमाउने प्रचलन रहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताउनुभयो ।

त्रेता युगमा गुरु विश्वामित्रसहित धनुषयज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्बदन्ती रहेको जानकार नित्यानन्द मण्डलको भनाइ थियो ।जहाँ राम र जानकी एक अर्काप्रति आकिर्षत भएको र जानकीले आफूलाई रामजस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेकोे अर्का जानकार डा राजेन्द्र विमलले जानकारी दिनुभयो।

महोत्सवको पहिलो दिन मङ्गलबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिससरको नगरमा घुमाइएको थियो भने भोलि बिहीबार तिलकोत्सव कार्यक्रम रहेकोे सहायक महन्त दासले उल्लेख गर्नुभयो ।त्रेतायुगामा भएको मर्यादा पुरुषोत्तम् राम र आदर्श नारी सीताको वैवाहिक महोत्सवको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरमा विवाहपञ्चमी पर्व मनाइन्छ । यसवर्ष मङ्सिर २६ गतेदेखि सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

भोलि बिहीबार धनुषयज्ञ, २९ गते तिलकोत्सव, ३० गते राम र जानकीको मटकोर र पुस १ गते विवाह पञ्चमी मुख्य दिन रहेको छ । विवाह पञ्चममीमा जन्तीको रुपमा आएका साधुसन्तलाई पुस २ गते बिदाइ (रामकलेवा) गरी विवाहपञ्चमी महोत्सव समापन हुने सहायक महन्त दासले बताउनुभयो ।  रासस